३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि गण्डकीकाे बजेट अधिवेशन

प्रकाशित मिति :  १६ जेष्ठ २०७८, आईतवार ०५:५२


काठमाडौं । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतदेखि सुरु हुँदै छ ।

मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ दिउँसाे बजेका लागि बजेट अधिवेशन बोलाउनु भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । पाेखरा सभा गृहमा बस्ने अधिवेशनकाे पहिलाे बैठकमा दलका नेताहरुले विचार राख्ने कार्यसूची छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ । बजेट आउनुभन्दा १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा गर्नुपर्छ । साेही प्रावधान अनुसार प्रदेश सभाकाे दाेस्राे बैठकमा भाेलि बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक हुनेछन् । त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !