३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिडकाे लडाईमा एकजुट भएर लागाैं- मोहम्मद बुहारी

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार १०:५४


अबुजा । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गर्नुभएको छ ।

समयामसयक चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्नु पर्नेमा उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गर्नुभएको छ ।

‘कोरोनाभाइरसले संसारभरी अकल्पनीय संकट ल्याएको छ, यसले ठूलो क्षति पनि बनाएको छ,’ विदेशी कुटनीतिज्ञहरुसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उहाँले भन्नुभएको छ ।

अहिलेको महामारी धेरै ठूलो भएकाले कुनै एउटा देश वा निकायले मात्रै व्यवस्थापन गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रियस्तरबाट नै गर्नुपर्ने उहाँको भनाई छ ।
मानव तथा मानव जीवनशैलीमाथि कोरोनाभाइरसले धावा बोलेको राष्ट्रपति बुहारीले विदेशी कुटनीतिक अधिकारीहरुसँग बताउनुभयो ।

‘सबैले एक अर्का देशलाई सम्मान गर्दै सहयोग र सहकार्य पनि गर्नु अति आवश्यक देखिएको छ, त्यसका लागि म सबैलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयो ।

उहाँले दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा सहकार्य गर्न चाहेको पनि राष्ट्रपति बुहारीले सो अवसरमा बताउनु भएको थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !