२९ फाल्गुन २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भक्तपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

प्रकाशित मिति :  3 June, 2021 9:02 am


काठमाडौं । कोरियाली स्वयंसेवा कार्यक्रमअन्तर्गत कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताललाई रु पाँच लाखभन्दा बढीका स्वास्थ्य उपकरण एवं सामग्री हस्तान्तरण गरेको छ ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठको उपस्थितिमा कोइकाका विश्व निर्देशक बुङचिओल किमले अस्पतालका प्रशासन अधिकारीलाई हालै एक थान अक्सिजन कन्सन्ट्रेटर, दुई  सय ३० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), १० हजार थान शिरकवच, ८४ बाकस पञ्जा र पाँच हजार थान मास्क हस्तान्तरण गर्नुभएको यहाँस्थित कोइकाको कार्यालयले आज जनाएको छ ।

गणतन्त्र कोरियाले सन् १९९१ देखि नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, सूचना तथा सञ्चार प्रविधि र पर्यटन विकासमा स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !