३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गैंडाकोटमा मकै खेती प्रवद्र्धन गर्न अनुदान

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०४:५४


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ ।

गैंडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब ३६ लाख रुपैंया उपलब्ध गराउने भएको हो ।

पछिल्लो समय  यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ । मकै प्रवद्र्धनका लागि गैंडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को स्वीकृत संघिय मकै प्रवद्र्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो ।

कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तीमा चार सय ६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उहाँले बताउनुभयो । मकै खेती लगाएवापत नगरपालिकाका तर्फबाट ३५ लाख ८८ हजार रुपैंया विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । तीस बिघा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जनाइएको छ ।

सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ ।

विसं ०७८ जेठ मसान्तभित्र कार्य सक्नेगरी सम्झौता भएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !