सभागृह निर्माणको काम सुरु
प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार ११:१०
देउखुरी । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सभागृह निर्माणको काम सुरु गरिएको हो । सभाहल निर्माणका लागि पाँच करोड २१ लाख रुपैयाँकाे लागतमा सुविधासम्पन्न सभाहल निर्माणको काम सुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिनुभयो ।
कोभिडको संक्रमण फैलन नदिन गरिएको लकडाउनमा पनि निर्माणको काम नरोकिएको उहाँले बताउनुभयो । एक सय मानिस अटाउन सक्ने सभाहल, सभामुखको लवी, स्टेज सबै निर्माण हुनेछन् । चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य रहे पनि लकडाउनका कारण निर्धारित समयमा सभाहल निर्माण सम्पन्न गर्न कठिनाइ हुने भएको मजगैयाँले बताउनुभयो ।
-रासस
0
Shares