२६ श्रावण २०८३, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री नरहेपनि सरकारलाई सहयाेग गर्न सकिन्छ- डा. शिवमाया तुम्बाहाङ्फे

प्रकाशित मिति :  5 June, 2021 11:12 am


काठमाडाैं । ‘मन्त्री बन्नु नबन्नु फरक पाटाे हाे, मुख्य कुरा काम र जिम्मेवारी हाे’-  डा. शिवमाया तुम्बाहाङ्फेकाे भनाइ छ ।

मन्त्रीबाट हट्नुपर्दा कस्ताे महशुस भइरहेकाे छ भन्ने प्रश्नमा शिवमायाले भन्नुभयाे – ‘काम गर्नेहरुलाई पद चाहिँदैन, मन्त्री नरहेपनि सरकारलाई सहयाेग गर्न सकिन्छ, काम र जिम्मेवारीका लागि पद चाहिदैन, सकारात्मक साेच भए पुग्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दा १३ जना बहालबाला मन्त्री हट्नुभएकाे थियाे । जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहनुभएकी डा. शिवमाया पनि पर्नुभयाे ।

मन्त्रिमण्डलमा रहेपनि नरहने पनि गर्ने भनेकाे काम नै भएकाे शिवमायाले बताउनुभयाे । ‘सरकारमा बसेर काम गर्दा पाेलिसि लेवलबाट पाेलिस बनाउँदै त्यहाँभित्र कार्यान्वयन गर्ने कुरा पर्छ, बाहिर बसेर ल्यसैलाई सर्पाेर्ट गर्न सकिन्छ,  म सरकारसँगै छु, सरकारका हरेक काममा मेराे पूरै सपाेर्ट हुन्छ ।’

मन्त्रिमण्डल हेरफेरका सम्बन्धमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई मानसिक रुपमा तयार हुनु भनेर जानकारी गराइसक्नुभएकाले मन्त्रीबाट हट्दा कुनै फरक नपरेकाे शिवमायाकाे भनाइ छ ।

९ महिना कानुन न्याय तथा संसदीय मन्त्रालय र ४ महिना भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समाल्दा आफूले धेरै काम गरेकाे उहाँले बताउनुभयाे । आफूले गरेकाे कामकाे मूल्यांकन सरकार र जनता सबैले गरेका पनि शिवमायाले सुनाउनुभयाे । आफूलाई महत्वपूर्ण मन्त्रालयकाे जिम्मेवारी दिएर क्षमता प्रदर्शन गर्ने ठाउँ दिनुभएकाेमा प्रधानमन्त्री ओलीलाई शिवमायाले धन्यवाद पनि दिनुभयाे ।

प्रधानमन्त्री ओलीकाे द‍‍ृढ राजनीतिक संकल्प र समृद्ध नेपाल, सुखी नेपालीकाे अभियानमा आफू सधै सँगै रहेकाे पनि शिवमायाले बताउनुभयाे । मन्त्रिमण्डलमा महिला सहभागीताबारे भने उहाँले असन्तुष्टि जनाउनुभयाे । ‘अवसर दिइयाे भने महिलाहरुले मज्जाले मन्त्रालय चलाउन सक्छन् भन्ने कुरा यी तीन वर्षमा पनि पुष्टि भयाे, संविधान र कानुन अनुसार हरेक क्षेत्रमा महिला सहभागीता हुनुपर्छ भन्ने मैले पहिलेदेखि नै उठाइरहेकाे छु’- शिवमाया भन्नुहुन्छ ।

पार्टीले महत्वपूर्ण जिम्मेवारी दिन लागेकाे हाे ? भन्ने प्रश्नमा – ‘तत्कालै त्यस्ताे केही कुरा भएकाे छैन, पार्टीले दिएका जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्दिनँ ।’ देश र जनताकाे सेवाका लागि पार्टीकाे हरे माेर्चामा उभिन तयार रहेकाे पनि शिवमायाले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !