३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध छु – राजेन्द्र महताे

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ०३:३६


काठमाडाैं । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको र यसबारेमा कसैलाई पनि भ्रममा नराख्न महताेले शनिबार राति विज्ञप्ति निकालेर आग्रह गर्नुभएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री महतोले आफ्नो अभिव्यक्ति बंग्याएर र गलत अर्थ लाग्नेगी प्रचार गरिएकाे विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ – ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हूँ ।’

यो विषय पार्टीको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा पनि राखिने उहाँले उल्लेख गर्नुभएकाे छ ।  ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिaद्ध रहेको छु, यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु’- महताेले लेख्नुभएकाे छ ।

शुक्रबार राति पदभार ग्रहण गर्दै महताेले नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलन गर्नुपर्ने बताउनुभएकाे थियाे । उहाँकाे साे अभिव्यक्तिकाे चाैतर्फी विराेध भएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !