३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जाेखिम भत्ताका लागि विवरण पठाउनु – स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ०८:५१


काठमाडाैं । सरकारले कोभिड संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र अरू कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन विवरण मागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालय र पालिकाहरूलाई पत्र पठाएर विवरण मागेको हो ।

आइसोलेशन सेन्टर, प्रयोगशाला, अस्पतालहरूलाई कोरोना उपचार गर्ने सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरूको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिस्ट र ड्युटीमा खटिएकाहरूको मात्र तलबी भर्पाइ एक साताभित्र उपलब्ध गराउनुपर्ने पत्रमा उल्लेख छ ।

सरकारले कोभिड रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा अरू कर्मचारीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिसकेकाे छ । स्वास्थ्यकर्मीका परिवारकाे निशुल्क उपचार गर्ने निर्णय पनि सरकारले गरिसकेकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !