१७ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

प्रकाशित मिति :  6 June, 2021 10:27 am


काठमाडौं । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता संगठन महासंघले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कोरोना नियन्त्रणका लागि जनहितकारी कार्यमा संलग्न रहँदै आएको आविस्कार केन्द्रलाई आज रु एक लाख आर्थिक सहयोग गरेको हो ।

महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले आविस्कार केन्द्रबाट कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि सञ्चालित कार्यक्रमको उच्च मूल्यांकन गर्दै आर्थिक सहयोग गरिएको जानकारी दिनुभयो ।

महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरेको जनाएको छ । सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासङ्घले लिएको छ ।

महासंघले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि थापाथली प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !