२९ माघ २०८२, बिहिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

औषधि पसललाई दुई लाख जरिवाना

प्रकाशित मिति :  7 June, 2021 10:32 am


बाँके । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले दुई हजार दुई सय रुपैयाँ परेको अक्सिमिटर रु तीन हजार एक सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो ।

खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरेको थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !