२९ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खाली रहेका अक्सिजन सिलिण्डर तत्काल भर- स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति :  २५ जेष्ठ २०७८, मंगलवार ०९:२०


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड संक्रमण संख्यात्मक रुपमा घटेपनि महामारीकाे उच्च जाेखिम कायमै रहेकाे जनाएकाे छ ।

महामारीकाे उच्च जाेखिम कायमै रहेकाे अवस्थामा राेकथामकाे उपाय अपनाउनुकाे विकल्प नरहेकाे मन्त्रालयका सहप्रवक्ता डा. समिकरकुमार अधिकारीले मंगलबार निकालेकाे सूचनामा उल्लेख छ । खाली रहेका अक्सिजन सिलिण्डर तत्काल भर्न मन्त्रालयले आग्रह गरेको छ । व्यक्तिका घर, टोल, आइसोलेशन सेन्टर र अस्पतालमा भएका खाली सिलिण्डर तत्काल भरेर राख्न मन्त्रालयले अनुरमेध गरेकाे हाे ।

खाली सिलिण्डरहरु अहिले समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिण्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जुन उद्याेगकाे सिलिण्डर हाे त्यही उद्याेगमा चाँडाे भन्दा चाँडाे भर्नका लागि लैजान अपिल गरेकाे छ । ‘जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै बहानामा लैजानुभएको अक्सिजन सिलिण्डर यथाशक्य चाँडो जुन उद्योगको सिलिण्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ’- सूचनामा उल्लेख छ ।

अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन पनि मन्त्रालयले अनुराेध गरेकाे छ । अक्सिजनलाई अनावश्यक रुपमा प्रयाेग र वितरणमा प्राेत्साहन गरी मानिसकाे ज्यानै जाेखिम हुने खालका काम नगर्न नगराउन पनि मन्त्रालयले सबैलाई अपिल गरेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !