७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वाग्मतीले ल्यायाे ‘मेरो गाउँ उद्यमसहित जिउने ठाउँ’ कार्यक्रम

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ११:३२


काठमाडाैं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

बिहीबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएकाे छ । काेभिड राेकथामलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको बताइएकाे छ ।

कोभिड-१९ का कारण बाबुआमा गुमाएकालाई मासिक ३ हजार रुपैयाँका दरले शैक्षिक भत्ता उपलब्ध गराइने उहाँले बताउनुभयाे । कोभिड प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान र पुनःभरण कोष ल्याइने उहाँले बताउनुभयाे सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता दिइने पनि उहाँले बताउनुभयाे ।

प्रदेश भित्रका कर्मचारीलाई पर्यटन गन्तव्यमा जान उत्प्रेषणात्मक कार्यक्रम ल्याइने पनि उहाँले बताउनुभयाे । उच्च पहाडी तथा हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यमा घुम्नका लागि प्रदेशका कर्मचारीलाई पठाइने उहाँले बताउनुभयाे ।

विदेशबाट राेजगार गुमेर फर्किएका युवाहरुका लागि ‘मेरो गाउँ उद्यमसहित जिउने ठाउँ’ नामक कार्यक्रम सञ्चालन गर्ने पनि प्रदेश प्रमुख प्रसाईंले जानकारी दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !