२९ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ढुंगा खस्दा चाला गुम्बामा ८० लाखको क्षति

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार ०३:३८


सिमकोट । माथिबाट खसेको ढुंगा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ ।

केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुंगाले क्षति पुर्‍याएपछि गुम्बामा ८० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिनुभयो । ‘गएको जेठ २१ गते राति माथिबाट आएको ढुंगाले गुम्बामा ठूलो क्षति पुर्‍याएको छ’, लामाले भन्नुभयो, ‘ढुंगा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँदा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्षति पुगेको छ ।’

लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुंगाले झण्डै ८० लाख रुपैयाँ बराबरको क्षति गरेको नाम्खा–४ का वडाध्यक्ष सोनाम हिसे तामाङले बताउनुभयो । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको हो’, वडाध्यक्ष तामाङले थप्पनुभयो ।

लामा समुदायले हरेक बस्तीमा ठूलो लगानीले निर्माण गरेको गुम्बामा बहुमूल्य धातु र मूर्तिसमेत राख्ने भएकाले निकै ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् । नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरदराजको बस्तीका रूपमा चिनिन्छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !