३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओली विरुद्ध नराेत्तम वैद्यको अभिव्यक्ति आपराधिक र निन्दनीय – एमाले

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०५:२६


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस सांसद् नराेत्तम वैद्यले  दिएको अभिव्यक्तिको नेकपा एमालेले भर्त्सना गरेकाे छ ।

प्रधानमन्त्री ओलीको हत्या गर्ने भन्दै दिएकाे अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेकाे एमालेले शनिबार निकालेकाे विज्ञप्तिमा उल्लेख छ । ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ’- विज्ञप्तिमा लेखिएकाे छ ।

नराेत्तमकाे अभिव्यक्ति मुलुकको फौजदारी कानुन आकर्षित विषय भएको उल्लेख गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले निकाल्नुभएकाे विज्ञप्तिमा लेखिएकाे छ – ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

शुक्रबार बसेकाे वाग्मती प्रदेश सभा बैठकमा नराेत्तमले प्रधानमन्त्री ओली विरुद्ध काेही नाथुराम गाेड्से बन्न तयार छैन भने मै बन्दिन्छु भन्ने असंवेदनशील अभिव्यक्ति दिनुभएकाे थियाे । उहाँकाे अभिव्यक्तिकाे चाैतर्फी आलाेचना भएकाे छ । एमाले नेताहरुले नराेत्तमलाई तत्काल पक्रेर फाैजदारी अभियाेगमा मुद्दा चलाउन,प्रदेश सभा सदस्यबाट निलम्बन गर्न लगायत माग गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !