३० माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतबाट फर्किएकालाई सीमा नाकामा खाजा खुवाउँदै ‘डिप्रोक्स’

प्रकाशित मिति :  ३० जेष्ठ २०७८, आईतवार ०८:१६


कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स)ले निःशुल्करुपमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

तीन साताको अवधिमै केद्रले तीन हजार पाँच सय जनालाई खाजा खुवाएको छ । भारतबाट फर्कनेलाई सीमा नाकामा स्वास्थ्य परीक्षणपश्चात् होल्डिङ सेन्टरमा पुर्‍याइएपछि खाजा खुवाइने गरिएको छ । खाजाका रुपमा फलफूल, चाउचाउ र बिस्कुट दिइने गरिएको छ ।

खाजा वितरणका लागि चार कर्मचारीलाई बिहान ६ः०० बजेदेखि दिउँसोसम्म खटाइने गरिएको छ । ‘कोरोना महामारीलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका बेला भारतबाट फर्किएकालाई खाजा पाउन निकै मुस्किल छ’, केन्द्रका प्रमुख प्रशिक्षक अतिना बोहरा मडैले भन्नुभयो, ‘त्यै भएर एक छाक भए पनि खाजा खुवाउन थालिएको छ ।’

भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि गड्डाचौकी भएर नेपाली घर फर्किन थालेका थिए । अहिलेसम्म घर फर्किने क्रम रोकिएको छैन । घर फर्र्किएकाहरुले तीन दिनसम्म भोकै भएको पीडासमेत सुनाउने गरेको मडैले बताउनुभयो ।

डिप्रोक्स नेपालले कृषि क्षेत्रमा महिलाको सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !