२९ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कामपामा फोहर पुनः व्यवस्थापन हुन थाल्याे

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार ११:३४


काठमाडौं । तीन दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर आजदेखि पुनः व्यवस्थापन हुन थालेको छ ।

निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर विसर्जनमा समस्या आएको थियो ।

महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि फोहर राख्ने स्थान कम हुँदा समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन हुन थालेको बताइएको छ ।

विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा हरेक वर्ष वर्षात्को समयमा बाटो बिग्रिएर नियमित फोहर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ ।

दुई वर्षका लागि भने पनि विगत १३ वर्षदेखि सिसडोलमा फोहर राख्दै आएकाले अहिले उक्त स्थानमा सहजरूपमा फोहरको व्यवस्थापन गर्न सकिँदैन । विगतमा फोहर राखेर बाँकी रहेका केही थोरै–थोरै ठाउँमा फोहर राखिँदै आएको छ ।

वर्षाको समयमा मात्रै होइन, अन्य समयमा पनि स्थानीयवासीले विभिन्न किसिमका माग राख्दै फोहर व्यवस्थापन कार्यमा अवरोध गर्दै आएका छन् ।

उपत्यकाको फोहरलाई दीर्घकालीनरूपमै व्यवस्थापन गर्ने गरी केन्द्र सरकारले धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा फोहर व्यवस्थापन केन्द्र निर्माणको काम गरिरहेको छ । निर्माणको कामका लागि तोकिएको समयभन्दा एक वर्ष ढिला हुँदासम्म सकिएको छन् ।

गत जेठबाटै पहिलो चरणको निर्माण सकी फोहर व्यवस्थापनको काम गर्ने भने पनि नदीजन्य निर्माण सामग्रीको समस्या भएको भन्दै अहिलेसम्म सुरसार छैन ।

अहिले उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमा कामपाबाट मात्रै पाँच सय मेट्रिक टन फोहर उत्पादन हुने गर्दछ ।

काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ । उपत्यकाबाट दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !