महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण
प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १३:०१
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गर्नुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट यसअघि निर्वाचित पोखरेलले सो नगरपालिकाको वडा नं ६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नं ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायत विकास योजनाको जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभएको थियो ।
नेता पोखरेलले केही दिनअघि बूढानीलकण्ठ – ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाको पनि निरीक्षण गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।
–रासस
0
Shares