२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

१ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गरिने

प्रकाशित मिति :  ५ असार २०७८, शनिबार ०५:१२


बैतडी । डिभिजन वन कार्यालय बैतडीले यस वर्ष एक लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्दैछ । जिल्लाका विभिन्न पाँच स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका जडीबुटी, फलफूलका बिरुवा वितरण गर्न लागिएको हो ।

जडीबुटी, फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरु गरी पाँच स्थानका नर्सरीमा बिरुवा उत्पादन गरिएका हन् । डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालयहरु पाटन, गाँजरी, हाट र गोकुलेश्वर नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिएका हुन् ।

उत्पादन गरिएका बिरुवामा दाँते ओखर २० हजार, तेजपत्ता,लप्सी, बाँस,अमला,रिठ्ठालगायतका रहेका जनाइएको छ ।  गोकुलेश्वरमा रहेको सव डिभिजन कार्यालयबाट किसानलाई  निःशुल्क वितरण भइरहेको र अन्य ठाउँका नर्सरीबाट केही दिनबाट वितरण हुने पराजुलीले बताउनुभयो ।

किसानको आयआर्जनमा वृद्धिका साथै  पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष निःशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको पराजुलीको भनाइ छ । गत वर्ष पनि  डिभिजन वन कार्यालयले ७० हजार विरुवा उत्पादन गरेर वितरण गरेको थियो ।

यसैबीच सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले ५६ हजारको हाराहारीमा हिउँदे फलफुलका बिरुवा बिक्री वितरण गरेको छ । ५७ हजार बिरुवा उत्पादन गरेकोमा ५६ हजार बिक्री वितरण गरिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले जानकारी दिनुभयो ।  यसै बीच ५६ हजारको हाराहारीमा हिउँदे फलफूलका बिरुवा बेचेर २७ लाख राजश्व संकलन गरिएको छ ।

गत आर्थिक वर्षमा भने केन्द्रले २३ लाख १७ हजार मात्र राजश्व उठाएको थियो । केन्द्रले अहिले १८ हेक्टर क्षेत्रफलमा बिरुवाहरु उत्पादन गर्दै आएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !