३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवा निवासमा विपक्षी गठवन्धनका नेताकाे रणनीतिक बैठक

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार १३:१०


Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठवन्धनका नेताहरुको बैठक बसेको छ ।

एमालेबाट माधवकमार नेपालको समूहलाई फुटाउने, जनता समाजवादी पार्टी कब्जा गर्ने र सर्वाेच्च अदालतको मुद्दालाई प्रभावित गर्ने विषयमा छलफल गर्न बैठक बसेको हो ।

स्रोत अनुसार बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा, नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का लगायतका नेताहरु सहभागी हुनुहुन्छ । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ सहभागी हुनुहुन्छ । उपेन्द्र यादवको समूहबाट उपेन्द्र सहित बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्छ ।

त्यसैगरी माधवकुमार नेपाल र भिम रावल पनि बैठकमा सहभागी हुनुहुन्छ ।

यो बैठकमा एमाले र जसपा विभाजनको कार्ययोजना बनाउने विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा पुनस्थापनाको मुद्दा जित्न अपनाइने विभिन्न रणनीति सम्बन्धमा छलफल हुने बताइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !