२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपत्यकामा फेरि थपियाे निषेधाज्ञा

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार १३:१३


.

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले केही प्रावधानमा खुकुलाे बनाउँदै फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेकाे हाे । असार ११ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले  जानकारी दिनुभयाे ।

थपिएकाे निषेधाज्ञामा अर्थात असार ८ देखि लागू हुने गरी निजी सवारी साधन जोर विजाेर प्रणालीमा चलाउन दिइने निर्णय भएकाे उहाँले बताउनुभयाे । अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन । ट्याक्सीकाे हकमा पनि जाेर विजाेर लागू हुने प्रजिअ भट्टराईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार कपडा पसल, भाडा पसल लगायत भिडभाड कम हुने पसल व्यवसाय बार अनुसार समय ताेकेर खाेल्न दिइनेछ । विकास निर्माणका कामहरू बिहान ११ देखि बेलुकी ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

पछिल्लो पटक थपिएकाे निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ । काठमाडाैं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !