२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री शेरबहादुर तामाङको विशेष पहलमा जोडियो मेलम्ची -हेलम्बु सडक

प्रकाशित मिति :  ६ असार २०७८, आईतवार १५:४९


काठमाडौं । मेलम्ची नदीमा बाढी आउँदा भत्किएको  मेलम्ची-हेलम्बु सडक जोडिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको विशेष पहलमा साे सडक आज जोडिएको हो । सडक जोडिएसँगै आवतजावत गर्न सहज भएको छ । असार १ गते मेलम्ची नदीमा आएकाे बाढीले साे सडक तहसनहस पारेकाे थियाे ।

यसैबीच काठमाडौं महानगरले मेलम्ची नगरपालिका,पाँचपोखरी गाउँपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ । मेलम्ची नगरपालिकालाई २ करोड, पाँचपोखरी गाँउपालिकालाई ५० लाख र हेलम्बु गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

सहयोग बराबर रकमको चेक भोलि काठमाडौं महानगरको मेयर विद्या सुन्दर शाक्यले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको उपस्थितिमा हस्तान्तरण गर्दै हुनुहुन्छ । चेक हस्तान्तरणसँगै स्वास्थ्य मन्त्री तामाङले राहत पनि घोषणा गर्नुहुने कार्यक्रम छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !