६ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज निर्जला एकादशी,तुलसीको दल राखिँदै

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार ०२:३९


काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् ।प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ ।

स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

नयाँ रुप परिवर्तनसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र रोपण गर्दा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सक डा.शेषराज आचार्य बताउनुहुन्छ ।

तुलसीलाई चियाका रुपमा पनि प्रयोग गरिन्छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !