३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार १०:०८


काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उहाँले नेपालका विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपाल–इजरायल सम्बन्धले ६० वर्ष पूरा गरेको र आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !