२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे बन्द प्रशिक्षण सुरु

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार ०५:५८


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे बन्द प्रशिक्षण सुरु भएकाे छ ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टाेलीकाे बन्द प्रशिक्षण आजदेखि सुरु भएकाे हाे । टाेलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण थालेकाे नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ ।

साउन ५ देखि स्पेनमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । तर पृथु बास्कोटा भने प्रशिक्षणमा सहभागी नभएका क्यानले जनाएकाे छ । बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलको  साेमबार पीसीआर विधिबाट काेभिड परीक्षण गरिएकाे थियाे । सबैकाे रिपोर्ट नेगेटिभ आएको छ ।

सन् २०१९ देखि सुरु भएको विश्वकप लिग-२ सिरिजअन्तर्गत नेपालले अहिलेसम्म एउटा सिरिज मात्र खेलेको छ । नेपालले सन् २०२० मा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो । जसमा नेपालले ओमानसँग हारेकाे थियाे भने अमेरिकालाई दुबै खेलमा हराएकाे थियो । ४ खेलबाट २ मा जित र २ मा हारसहित नेपाल ४ अंकका साथ अंक तालिकाकाे छैटौं स्थानमा छ । लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेल खेल्न बाँकी छ ।

लिग-२ मा नेपालसहित ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टाेलीबीच प्रतिष्पर्धा भइरहेको छ ।  त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने छ । शीर्ष तीनमा पर्ने टोलीले २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा ठाउँ बनाउने छन्


0
Shares

प्रतिक्रिया दिनुहोस !