२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ललितपुरमा कोभिशिल्ड खाेपकाे पहिलाे डाेज लगाएकालाई भाेलिदेखि दाेस्राे डाेज दिइने

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार ०६:३०


काठमाडौं । ललितपुर महागरपालिकामा काेभिडविरुद्धकाे कोभिशिल्ड खाेपकाे पहिलाे डाेज लगाएकालाई दाेस्राे डाेज दिइने भएकाे छ ।

काेभिशिल्डकेा पहिलो डाेज लगाएका महानगरवासीलाई बुधबार बिहान १० देखि अपराह्न ४ बजेसम्म दाेस्राे डाेज लगाउन लगाइने ललितपुर महानगरले आज सूचना निकालेर जानकारी दिएकाे हाे ।यसअघि पहिलो डोज लगाएका ७० वर्षमाथिका २ हजार २ सय २० जना ज्येष्ठ नागरिकका तथा जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंमसेवकहरु गरी २ हजार ५ सय जनाले खोप लगाउन पाउने सूचनामा उल्लेख छ ।

खाेप लगाउननका लागि ८ वटा केन्द्र ताेकिएकाे छ । लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ।

खोप लगाउने नगरबासीले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्र लिएर आउन महानगरले अनुराेध पनि गरेकाे छ । खाेप अन्त्यन्तै न्यून रहेकाले खाेप संख्याकाे विश्लेषण गरेर खाेप लगाउने समूह ताेकिएकाे महानगरले जनाएकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !