नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या
प्रकाशित मिति : ९ असार २०७८, बुधबार ०३:५५
काठमाडाैं । नेपाल टेलिकमको मोबाइल सेवा (नेटवर्कमा) मा प्राविधिक समस्या देखिएकाे छ ।
बुधवार बिहानैदेखि काठमाडाैंसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएकाे । साे समस्या समाधानका लागि काम भइरहेकाे टेलिकमले जनाएकाे छ ।
मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका थिए । टेलिकमकाे सीम भएका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्ने लगायत समस्या देखिएकाे हाे ।
0
Shares