स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त
काठमाडौं । स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा लागेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको हाे । १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी निर्वाचन आयोगले आज सूचना निकालेर दिएकाे छ ।
रौतहटका ७, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १-१ जना जनप्रतिनिधिकाे पद रिक्त भएकाे हाे ।
असार ७ गते बसेकाे माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले उहाँहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । त्यसअघि नै कारबाही गरिएकाे पत्र पठाएपनि आयाेगले प्रक्रिया नपुगेकाे भन्दै निर्णय गरेकाे थिएन । आयाेगले निर्णय नगरेकाे भन्दै माओवादीका नेताहरु आयाेगकाे कार्यालय समेत पुगेका थिए ।
यी हुन् पदमुक्त जनप्रतिनिधि:
१. प्रमुख – रिना कुमारी साह (मौलापुर न.पा. रौतहट)
२. प्रमुख – सियाराम कुशवाहा (कटहरिया न.पा. रौतहट)
३. उप्रमुख – परनिया देवी (देवाही गोनाही न.पा. रौतहट)
४. उप्रमुख – गौरिशंकर प्रसाद (मैलापुर न.पा. रौतहट)
५. उप्रमुख – कान्ति देवी (फतुवाविजयपुर न.पा. रौतहट)
६. उपप्रमुख – सिमल कुमारी साह (माधवनारायण न.पा. रौतहट)
७. उपाध्यक्ष – गितादेवी साह (यमुनामाई गा.पा. रौतहट)
८. नगर का.पा. सदस्य – सतमीलाल दास ताती (लहान न.पा. सिरहा)
९. अध्यक्ष – शेष फारुक (सम्सी गा.पा. महोत्तरी)
१०. उपप्रमुख – छायाँ देवी देवकोटा (भजनी न.पा. कैलाली)
११. वडाध्यक्ष – भागिरथी विष्ट (गौरीगंगा न.पा.–४, कैलाली)
१२. वडाध्यक्ष – शर्मानन्द भट्ट (गोदावरी न.पा.–१, कैलाली)
१३. वडाध्यक्ष – पुरन विसी (बर्दगोरिया न.पा.–४, कैलाली)
१४. वडाध्यक्ष – सुरेश कुमार थापा (चम्पादेवी गा.पा.–७, ओखलढुंगा)