११ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशका केही ठाउँमा ठूलाे पानी पर्ने

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार ०४:०७


काठमाडाैं । अहिले काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेकाे छ ।

आज दिउँसाे पनि देशका केही ठाउँमा ठूलाे पानी  सम्भावना रहेकाे जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विभिन्न नदीहरुमा बाढी आउने सम्भावना समेत छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हल्का देखि मध्यम पानी परिरहेकाे महाशाखाले जनाएकाे छ ।

आज दिउँसाे प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेकाे महाशाखाले माैसमी बुलेटिनमा उल्लेख गरेकाे छ । प्रदेश-१ र वाग्मती प्रदेशका १-२ ठाउँमा मेघगर्जन-चट्टयाङसहित ठूलाे पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार आज राति पनि प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका १-२ ठाउँमा मेघगर्जन-चट्टयाङसहित ठूलाे पानी पर्ने सम्भावना छ ।

प्रदेश-१ र वाग्मतीका १-२ ठाउँमा मेघगर्जन-चट्टयाङसहित ठूलाे पार्ने पर्ने सम्भावना रहेको र ती प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन महाशाखाले अनुराेध गरेकाे छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई आग्रह गरेकाे छ ।

महाशाखाकाे बाढी पूर्वानुमान महाशाखाले पनि देशका विभिन्न ठाउँमा बाढी आउन सक्ने भन्दै सतर्क रहन अपिल गरेकाे छ । महाशाखाले सूचना जारी गरेर साे अपिल गरेकाे हाे । आज कन्काई, कोशी, कमला, वाग्मती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम-ठूलाे पानी परी बहाव केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !