१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपतिकाे विराेध गर्नु भनेकाे गणतन्त्रप्रतिकाे वैरभाव हाे-प्रम ओली

प्रकाशित मिति :  25 June, 2021 11:51 am


काठमाडाैं । ‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले चारैतिरबाट चिथाेर्ने कम्पीटीसन चलिरहेकाे छ’ –  प्रधानमन्त्री केपी शर्मा ओलीकाे भनाइ छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार गरेकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसाे भन्नुभएकाे हाे । ‘मैले यसअघि पनि भनेकाे थिएँ-रिसाएकाे बिरालाेले खाँबाे चिथाेर्थ, जसले राष्ट्रपतिलाई गाली गर्न सक्याे, मुख छाड्न सक्याे त्याे ठूलाे कम्पीटिसन चलेकाे, हिजाे पनि भूतपूर्व लस्करले प्रेस मिट गरेर राष्ट्रपति भन्दा राजै राम्राे भन्नेसम्म उहाँहरु पुग्नुभयाे ।’

बिहीबार सम्पादकहरुकाे छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भन्दा राजा नै राम्राे भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे । प्रधानमन्त्री ओलीले प्रचण्डतर्फ लक्षित गर्दै त्यसाे भन्नुभएकाे हाे  । जे पनि बाेल्ने र लाेकतन्त्रकाे दुआइ दिने काम भएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

राष्ट्रपतिकाे विराेध गर्नु भनेकाे गणतन्त्रप्रतिकाे वैरभाव भएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे । संविधानले दिएकाे अधिकारमा राष्ट्रपति सीमित हुनुभएकाे बताउँदै उहाँले याे गणतन्त्रप्रतिकाे वैरभाव हाे । उहाँहरुका बाेली व्यवहारले नै उहाँहरु असभ्य समाज बनाउन चाहेकाे देखिएकाे प्रधानमन्त्रीले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !