२७ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा कोभिडका कारण थप ५१ हजार संक्रमित

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार १२:१०


नयाँ दिल्ली । भारतमा कोभिडबाट थप ५१ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६ सय ६७ जना नयाँ संक्रमित थपिएका हुन् ।

तर दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या भने त्योभन्दा बढी रहेको छ । त्यसैले संक्रमित अवस्थामै रहेकाहरुको संख्या पनि दिनप्रतिदिन घट्दै गएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार पाँच सय २७ जना कोभिडबाट संक्रमणमुक्त भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोभिडबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको कुल संख्या दुई करोड ९१ लाख २८ हजार दुई सय ६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप एक हजार तन सय २९ जनाको कोभिडका कारण ज्यान गएको छ । योसँगै कुल मृतकको संख्या तीन लाख ९३ हजार तीन सय १० पुगेको छ ।
भारतमा अहिलेपनि संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या छ लाख १२ हजार आठ सय ६८ रहेको मन्त्रालयले जनाएको छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ३९ करोड ९५ लाख ६८ हजार चार सय ४८ स्वाब परीक्षण गरिएको जानकारी दिएको छ । ती पछिल्लो एक दिनमा १७ लाख ३५ हजार सात सय ८१ जनाको स्वब परीक्षण गरिएको परिषद्को तथ्याङ्क छ ।

एकैदिनमा ठूलो संख्यामा काेभिड विरुद्धको खोप लगाउने मुलुक समेत रहेको भारतमा बिहीबार मात्रै ६० लाख ७३ हजारभन्दा बढीलाई खोप लगाइएको छ ।

भारतमा अहिलेसम्म कुल ३० करोड ७९ लाख खोप प्रयोग भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !