नेपालमा ९१.३ प्रतिशत काेभिड संक्रमित निकाे भए
प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १२:२९
काठमाडाैं । देशभर २ हजार ४ सय ७६ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा ९ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय २१ र ४ हजार ७ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा काेभिड निकाे हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।
गत २४ घण्टामा २७ जना संक्रमितको ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ८ हजार ९ सय ४५ पुगेको मन्त्रालयले जनाएकाे छ ।
0
Shares