२२ आश्विन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दल आन्दोलनमा उत्रे

प्रकाशित मिति :  ११ असार २०७८, शुक्रबार १२:४४


जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिले आन्दोलनमा उत्रेका छन् ।

नेकपा माओवादी केन्द्रका उमाशंकरप्रसाद साह, नेपाली काँग्रेसका जवाहर साह कसेरा, नेकपा एमालेका सञ्जयकुमार सहनी, जनता समाजवादी पार्टीका रामनन्दन यादव र जनमत पार्टीका नरेश नायक आन्दोलनमा उत्रेका हुन् । नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा उनीहरुले आजदेखि नगरपालिका कार्यालय अगाडि रिले अनशन शुरु गरको जनाएका छन् ।

नगरप्रमुख हरिप्रसाद मण्डलले विभिन्न योजनामा करोडौंको हिनामिना गरिरहेको आन्दोलनकारी राजनीतिक दलका प्रतिनिधिले आरोप लगाएका छन् । नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापको छानवीन गरी दोषीलाई तत्काल कारवाही हुनुपर्ने माग उनीहरुको छ ।

नगरप्रमुख मण्डलले आवश्यक प्रक्रिया पूरा नगरी १८ जना स्वास्थ्यकर्मीलाई करार सेवामा नियुक्त गरिएको, आफूसँग ५-७ जना केटाहरुलाई लठैतको रुपमा घुमाएर नगरपालिकाबाट तलब खुवाउने गरेको, तथा विभिन्न योजनामा मनोमानी ढंगले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनीहरुले आरोप लगाएका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !