काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएकाे छ ।
थप केही प्रावधानमा खुकुलाे पार्दै फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरिएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ ।
आज बस्ने बैठकले कुन-कुन क्षेत्र खुलाएर निषेधाज्ञा थप्ने भन्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सनराइज खबरलाई जानकारी दिनुभयाे । यसअघि आइतबार बसेकाे तीन वटै जिल्लाका प्रजिअहरुकाे बैठकमा जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने विषयमा छलफल भएकाे थियाे । साे विषयमा आज टुंगाे हुने प्रजिअ भट्टराईले जानकारी दिनुभयाे ।
यसअघि काठमाडाैं उपत्यकामा पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । पछिल्लो पटक थपिएकाे निषेधाज्ञामा निजी सवारीसाधन, ट्याक्सी तथा टुटल र पठाओलाई समेत जाेर-बिजाेरमा चल्न दिइएकाे थियाे । पसल-व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।
काेभिड संक्रमण बढेपछि गत वैशाख १६ देखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी छ ।