२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज जननेता मदन भण्डारीको ७० औं जन्मजयन्ती प्रमले सम्बोधन गर्नुहुने

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार ०५:०१


काठमाडौं । आज मदन जयन्ती अर्थात तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम आयोजना गर्दैछ । साे कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्नुहुने कार्यक्रम छ ।

काेभिड महामारीका कारण एमालेले औपचारिक कार्यक्रम भने राखेकाे छैन । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरेर मदनलाई स्मरण गरिँदै छ ।

२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो । ०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।

४१ वर्षकै उमेरमा निधन हुनुभएका भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रवर्तक हुनुहुन्थ्याे । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन जनताको बहुदलीय जनवादको सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारीको नेपाली कम्युनिष्ट आन्दाेलनमा विशेष योगदान छ । उहाँलाई जननेता मानिन्छ ।

सरकारले मदन भण्डारीकाे सम्मानमा विभिन्न लाेकमार्गकाे नामकरण गरेकाे छ ।मदन भण्डारीका नाममा फाउण्डेशनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !