२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड विरुद्धकाे दुबै डाेज खाेप लगाएर विदेशबाट आएकाहरु अब सिधै घर जान पाउने

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार १०:४१


काठमाडाैं । काेभिड विरुद्धकाे दुबै डाेज खाेप लगाएर विदेशबाट आएकाहरु अब सिधै घर जान पाउने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा साे कुरा उल्लेख छ । विदेशबाट काेभिडकाे दुवै डाेज खोप लगाएर आएकाहरुलाई १० दिन सेल्फ क्‍वारेन्टिनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिइने आदेशमा उल्लेख छ । त्यस्ता यात्रुहरुले खाेप लगाएकाे प्रमाणपत्र देखाउनुपर्नेछ ।

कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउनेहरु पनि सेल्फ क्‍वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउने नयाँ आदेशमा उल्लेख छ । खोप नलगाई नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटेल क्‍वारेन्टिनमा बसे पुग्ने व्यवस्था गरिएकाे छ । होटेल क्‍वारेन्टिनमा बसेको ७ औँ दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आए सिधै घर जान पाइनेछ ।

यसअघि खोप लगाएर आएका यात्रु र नलगाइ आएकालाई पनि १० दिन अनिवार्य होटल क्‍वारेन्टिन बस्नुपर्ने नियम बनाइएकाे थियाे ।

यस्ताे छ नयाँ आदेश:


0
Shares

प्रतिक्रिया दिनुहोस !