२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापामा केही प्रावधान खुकुलाे पार्दै फेरि निषेधाज्ञा थपियाे

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार ११:३२


झापा । झापामा केही प्रावधान खुकुलाे पार्दै फेरि निषेधाज्ञा थपिएकाे छ ।

काेभिड संक्रमणदर घट्दाे क्रममा रहेपनि जाेखिम कायमै रहेकाले असार २१ सम्म निषेधाज्ञा थप्ने निर्णय भएकाे जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ । पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा आज राति १२ बजेपछि सकिँदैछ ।

थपिएकाे निषेधाज्ञामा आज राति १२ बजेदेखि लागू हुनेगरी असार २१ गते रातिसम्म निजी सवारी साधन लगायत सिटी सफारी-अटो रिक्सा जोरबिजोर प्रणालीमा चलाउन पाइने प्रशासनले जारी गरेकाे आदेशमा उल्लेख छ ।

औषधि,स्वास्थ्य सामग्री र इन्धनबाहेक सबै प्रकारका पसलहरु बिहान ६ देखि दिउँसाे ३ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खाेल्न पाइनेछ । यसअघि बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म मात्र खाेल्न पाइन्थ्याे । औषधि,स्वास्थ्य सामग्री र इन्धनका पसल भने २४ घण्टा खाेल्न पाइनेछ ।

भीडभाड हुने क्षेत्रमा भने पुरानै प्रावधान कायम राख्दै खाेल्न नपाइने आदेश दिइएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !