२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशका केही ठाउँमा आज ठूलाे पानी पर्ने

प्रकाशित मिति :  १५ असार २०७८, मंगलवार ०४:५२


काठमाडाैं । भाेलिदेखि मनसुन अझ बढी सक्रिय हुने भएकाे छ ।

जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले आज विशेष माैसमी बुलेटिन जारी गर्दै भाेलिदेखि माैसम अझ सक्रिय हुने उल्लेख गरेकाे छ । महाशाखाका अनुसार बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का देखि मध्यम पानी पर्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि हल्का देखि मध्यम पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२, वाग्मती,लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलाे पानी पर्ने महाशाखाले जनाएकाे छ । ती प्रदेशहरुकाे पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाले अनुरोध गरेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै विशेष बुलेटिनमा लेखिएकाे छ – ‘सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ, तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ ।’

महाशाखाका अनुसार  हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेकाे छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना छ । प्रदेश-१, गण्डकी प्रदेशका एक वा दुई ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा ठूलाे पानी पर्ने सम्भावना छ ।

आगामी २४ घण्टामा प्रदेश-१, वाग्मती र गण्डकीका १-२ ठाउँमा मेघगर्जन-चट्टयाङसहित ठूलाे पानी पर्ने सम्भावना रहेको र ती प्रदेशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएकाे छ । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुराेध गरेकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !