राेकिएकाे लाेक सेवा आयाेगका परीक्षा सञ्चालन हुने,कुन पदकाे परीक्षा कहिले ? (सूचीसहित)
प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १०:५५

काठमाडाैं । काेभिड महामारीका कारण राेकिएका लाेक सेवा आयाेगका परीक्षा सञ्चालन हुने भएका छन् ।
स्थगित भएका र निर्धारण हुन बाँकी रहेका परीक्षाहरु सञ्चालन गर्न लागिएकाे लाेक सेवा आयाेगले सूचना निकालेर जानकारी दिएकाे हाे । आयोगको सोमबार बसेको बैठकले साउन १५ देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । साेही अनुसार आयोगले परीक्षाको मिति र समय पनि तोकेको छ ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
पाठ्यक्रम निर्धारण हुन बाँकी रहेका पदहरुबारे पाठ्यक्रम निर्धारण भएपछि परीक्षा कार्यक्रम ताेकिने समेत सूचनामा उल्लेख छ ।
हेर्नुस् तालिका:
0
Shares