कमला नदीले सतर्कता तह पार गर्याे
प्रकाशित मिति : १६ असार २०७८, बुधबार ०२:४४
काठमाडाैं । देशका विभिन्न नदीमा जलसतहले सतर्कता तह पारेकाे भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन अपिल गरेकाे छ ।
महाशाखाका अनुसार सिन्धुलीस्थित कमला नदीकाे रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटिय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
नवलपरासीकाे बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
अहिले देशका धेरैजसाे ठाउँमा पानी परिरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
0
Shares