३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि आन्तरिक हवाई उडान सुरु

प्रकाशित मिति :  १७ असार २०७८, बिहीबार ०३:५४


काठमाडौं । आन्तरिक हवाई उडान आजदेखि पुनः सुरु भएको छ ।

काेभिड-१९ संक्रमण जाेखिम र निषेधाज्ञाका कारण राेकिएकाे आन्तरिक उडान दुई महिनापछि सुरु भएकाे हाे । बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बुधबार रातिदेखि काठमाडाैंसहित देशका धेरै ठाउँमा पानी परिरहेकाे छ ।

नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्न अनुमति दिएकाे छ । बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने विमानस्थल कार्यालयले जनाएकाे छ ।

कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई मन्त्रिपरिषद्ले यसअघि नै निर्देशन दिइसकेकाे छ । प्राधिकरणले स्वास्थ्य सुरक्षा मापदण्ड पनि ताेकेकाे छ । यात्रुहरुले भौतिक दूरी कायम गर्नुपर्ने, एक पटक उडेपछि अनिवार्य स्यानिटाइज गर्नुपर्ने लगायत मापदण्ड ताेकिएकाे हाे ।

हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि उडान तालिका तय गरिएकाे छ ।

यसैबीच सरकारले थप चार वटा हवाई कम्पनीलाई अन्तर्राष्ट्रिय उडान सञ्चालन अनुमति समेत दिएको छ । सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ । नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन् । दोहा, जापान, दुबई, ओमान, कुवेत लगायत गन्तव्यमा उडान सुरु भएको हो ।

उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्नुपर्नेछ । यसअघि पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !