४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वामदेव गाैतम पार्टी एकताको पक्षमा,एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित

प्रकाशित मिति :  १८ असार २०७८, शुक्रबार ०८:१४


काठमाडौं । प्रभावशाली नेता बामदेव गौतम उपस्थित हुनुभएपछि नेकपा एमालेभित्रको आन्तरिक एकता अभियानले नयाँ मोड लिएको छ ।

पार्टी एकताको पक्षमा उभिँदै नेता गौतम एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित हुनुभएको हो ।

सो बैठक माधवकुमार नेपालको समूहले भने बहिष्कार गरेको छ । माधवकुमारले एमालेलाई भत्काउने र नयाँ पार्टी बनाएर माओवादी केन्द्रमा मिसिन राजनीतिक अभियान चलाइरहनुभएको छ । बामदेवले भने पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आउनुभएको थियो ।

‘कैयन असहमति छ तैपनि पार्टीको मूलधारमा फर्कन्छु’– आज बिहान आफ्ना निकट केही नेता कार्यकर्तालाई यसो भनेर बामदेव बालुवाटार पुग्नुभएको हो । उहाँले मूलधारमा फर्किए पनि अध्यक्ष केपी शर्मा ओलीसँगका कैयन असहमति यथावत रहेको बताउनुभएको छ ।

वामदेवकी धर्मपत्नी तुलसा गौतम पनि केन्द्रीय सदस्य तथा सांसद् हुनुहुन्छ । उहाँ निरन्तर मूलधारमा रहँदै आउनुभएको छ । उहाँले पनि बामदेवलाई एमालेमा फर्कन दवाब दिँदै आउनुभएको थियो । कडा असहमति भए पनि केपी ओली र बामदेव व्यक्तिगत रुपमा अत्यन्तै घनिष्ट मानिनुहुन्छ । स्रोत अनुसार ओलीले गत महिना बालुवाटारमा बोलाएर बामदेवसँग बारम्बार छलफल गर्नुभएको थियो ।

बामदेव निकट नेताहरुका अनुसार अब उहाँ पूर्ण रुपमा मूलधारमा फर्कनुभएको छ । ती नेताका अनुसार झलनाथ खनाल स्वस्थ हुनुहुन्थ्यो भने उहाँ पनि आज केन्द्रीय समितिको बैठकमा आउनुहुने थियो । झलनाथ अहिले भारतमा उपचार गराइरहनुभएको छ ।

उपचारका लागि भारत भ्रमणमा जानु अघि झलनाथले पार्टी एकताको पक्षमा विज्ञप्ति दिँदै आफू मूलधारमा रहेको प्रष्ट संकेत दिनुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !