३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड खाेप किन्‍न चीनसँग सम्झौता, असार २४ देखि ल्याउन थालिने

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार ०१:०७


काठमाडाैं । असार २४ गते देखि काेभिड विरुद्धकाे खाेप ल्याउन थालिने भएकाे छ ।

असार २४ गते देखि काेभिड विरुद्धको खोपको आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जानकारी दिएकाे हाे ।चीनकाे बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ । साेही सम्झौता अनुसार खाेप ल्याउन लागिएको हो ।

खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्धको खोप अभियान सुचारु हुने गरी व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएकाे छ । कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म २५ लाख ७४ हजार ७ सय १५ जना काेभिड विरुद्धको खोपको पहिलो डाेज लगाइसकेका छन् । ७ लाख ५७ हजार ३ सय ८० जनाले दाेस्राे डाेज लगाइसकेका छन् । यसअघि सरकारले छिमेकी देशहरु चीन, भारत र कोभ्यक्स सुविधामार्फत ४२ लाख ४८ हजार खोप प्राप्त गरी खोप अभियान सञ्चालन गर्दै आएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !