३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा थप ४४ हजार एक सय ११ नयाँ संक्रमित

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार १०:५९


नयाँ दिल्ली । भारतमा कोभिडबाट थप ४४ हजार एक सय ११ जना संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोभिडका कारण सात सय ३८ जनाको ज्यान गएको छ ।

सोही अवधिमा ५७ हजार चार सय ७७ जना कोभिडबाट संक्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै देखिदै गएको छ ।

संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या धेरै हुँदा संक्रमित अवस्थामै रहेका संक्रमितहरूको संख्या पनि कम हुदै गएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितहरुको संख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार पाँच सय ३३ जना कोभिडबाट संक्रमित अवस्थामा रहेका छन् ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड पाँच लाख दुई हजार तीन सय ६२ पुगेको छ ।

कुल संक्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार सात सय ७९ जना कोभिडबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोभिडबाट पराजित भएर जीवन गुमाएका छन् ।

यसरी हेर्दा भारतमा संक्रमणमुक्त भएकाहरुको संख्या ९७.०६ प्रतिशत रहेको छ ।

यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !