एमाले बैठक : महासचिव ईश्वर पोखरेलद्वारा संगठनात्मक प्रस्ताव पेस
प्रकाशित मिति : १९ असार २०७८, शनिबार ११:२५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेकाे छ ।
१० औं राष्ट्रिय महाधिवेशन आयाेजक कमिटी भंग भएसँगै शुक्रबारदेखि एमाले केन्द्रीय कमिटी बैठक बसिरहेकाे छ । बैठककाे दाेस्राे दिन आज महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेस गर्नुभएकाे छ ।
संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशन, सदस्यता नवीकरण लगायत विषय समेटिएका छन् । असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव पनि संगठनात्मक प्रस्तावमा उल्लेख गरिएकाे छ ।
आजकाे बैठकमा पनि माधव गुट सहभागी भएकाे छैन ।
0
Shares