२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार ११:२७


ब्रसेल्स । युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ ।

संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार संकेत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो ।

चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको छ ।

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ ।

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोभिडको संक्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ ।

युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशंका उत्पन्न भएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !