४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटनसम्बन्धी जारी बहस आज सकिँदै

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार ०४:३६


काठमाडाैं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा साे मुद्दामाथि सुनुवाइ भइरहेको छ ।

रिट निवेदक पक्षका कानुन व्यवसायीकाे जवाफी बहस आज सकिन लागेकाे हाे । रिट निवेदक पक्षका कानुन व्यवसायीले आइतबारदेखि जवाफी बहस थालेका थिए ।जवाफी बहसका लागि दिइएकाे ३ घण्टामध्ये अब २ घण्टा समय बाँकी छ । आज निवेदका तर्फबाट आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नुहुने तय भएकाे छ ।

रिट निवेदककाे जवाफी बहसपछि आजै अदालतकाे सहयाेगी (एमिकस क्युरी) ले राय दिनेछन् । ४ जना एमिकस क्युरीका लागि २ घण्टा समय ताेकिएकाे छ । एमिकस क्युरीले राय दिएपछि मुद्दाको सुनुवाइ सकिनेछ ।

सुनुवाइ सकिनासाथ मुद्दामाथि फैसलाकाे प्रक्रिया अगाडि बढाइने छ । संवैधानिक इजलासले फैसलाकाे मिति आजै ताेक्न सक्नेछ । विघटनसम्बन्धी रिटमाथि असार ९ देखि निरन्तर  सुनुवाइ भइरहेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !