३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि भेरोसेलको दोस्रो डाेज दिइँदै

प्रकाशित मिति :  २२ असार २०७८, मंगलवार ०६:०२


काठमाडाैं । काेभिड विरुद्धकाे भेराेसेल खाेपकाे पहिलाे डाेज लगाएका जेष्ठ नागरिकलाई आजदेखि दाेस्राे डाेज लगाइँदैछ ।

गत जेठमा पहिलो डाेज लगाएकालाई आजदेखि दोस्रो डाेज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतकाे स्वास्थ्य सेवा विभागले जनाएको छ । काठमाडाैं उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ७० हजार नागरिकलाई जेठ २५ देखि २९ गतेसम्म भेराेसेल खाेपकाे पहिलाे डाेज दिइएकाे थियाे । अग्रपंक्तिमा लड्नेहरुलाई पनि दाेस्राे डाेज दिइएकाे थियाे ।

भेरोसेलको पहिलो डाेज लगाएकालाई काठमाडौंका विभिन्न खाेप केन्द्रबाट दाेस्राे डाेज दिँइदैछ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका अनुसार काेभिड खाेपकाे दाेस्राेडाेज लगाउन काठमाडाैंमा ३२ वटा केन्द्र ताेकिएकाे छ ।

काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न ठाउँका खोप केन्द्रबाट खोप दिइने मन्त्रालयले जनाएकाे छ ।

काठमाडौं महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ । अरु ठाउँमा पनि स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ । भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने ठाउँमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । खाेप लगाउनका लागि पहिलो डाेजको खोप लगाएको कार्ड साथमा लिएर जानुपर्नेछ ।

भक्तपुरमा सुर्यबिनायक नगरपालिकामा १०, मध्यपुर थिमी नगरपालिकामा ९, भक्तपुर नगरपालिकामा १० र चाँगुनारायण नगरपालिकामा ९ गरि कुल ३८ केन्द्रबाट भेरोसेल खोपको दोस्रो डोज दिइनेछ ।

ललितपुर महानगरमा भने असार २५ र २६ गते मा भेराेसेलकाे दाेस्राे डाेज दिइनेछ । ललितपुर महानगरपालिकामा २० वटा, महालक्ष्मी नगरपलिकामा १०, गोदावरी नगरपालिकामा १०, कोन्ज्योसोन गाउँपालिका, वाग्मती गाउँपालिका र माहाकाल गाउँपालिकामा भने २–३ ठाउँलाई केन्द्र ताेकिएकाे छ ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !