४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जातको आधारमा राजनीति गर्ने प्रयत्न नगरौँ : शंकर पोखरेल

प्रकाशित मिति :  २२ असार २०७८, मंगलवार ०७:४२


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जातको आधारमा राजनीति गर्ने प्रयत्न नगर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको प्रदेश स्तरको नमुना युवा संसद् कार्यक्रमलाई मंगलबार भर्चुअल संवोधन गर्दै मुख्यमन्त्री पोखरेलले सबै जातिको योगदानबाट नेपाल राज्य निर्माण भएको बताउनुभयो ।

त्यसैले जातको आधारमा कुनै तर्क गर्नु आवश्यक नरहेको उहाँले बताउनुभयो । ‘हामीले जस्तो प्रकारको संघीयता परिकल्पता गरेका छौँ त्यसले सबैलाई समेटेको छ’, उहाँले भन्नुभयो ।

संविधानलाई मान्दै कार्यान्वयन गरेर अघि बढ्नु पर्छ भन्ने मान्यताका साथ अहिले सरकार अघि बढेको उहाँले बताउनुभयो । त्यसैले सरकारले स्थायीत्व, स्थिरता र संविधान कार्यान्वयनको लागि निर्वाचनमा जाने घोषणा गरेको उहाँले बताउनुभयो ।

केन्द्र र प्रदेशमा शक्ति पृथकीकरणका सिद्धान्त अपनाइएको र स्थानीय तहमा शक्ति संयोजनको नीतिलाई आत्मासाथ  गरिएको उहाँले बताउनुभयो । प्रदेश र केन्द्रमा सुनुवाइको काम प्रतिनिधि सभा र प्रदेश सभाले गर्ने भए पनि स्थानीयत तहको निगरानी नागरिकले गर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले शून्यबाट काम सुरु गरेर अहिलेको अवस्थामा आएको पनि उहाँले जानकारी दिनुभयो । विकास बजेट खर्चगर्ने कुरामा लुम्बिनी प्रदेश अग्रस्थानमा रहेको उहाँले बताउनुभयो । ‘कोभिड महामारीको बीचमा पनि हामीले काम गरेर देखाएका छौँ, कोभिड महामारी नभएको भए अझ धेरै काम हुन्थ्यो भन्ने कुरामा विवाद छैन’उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेश केही समयमा नै कृषिमा आत्मनिर्भर हुने गरी अघि बढेको उहाँले बताउनुभयो । यसैगरी पर्यटन प्रवर्धनको लागि पनि प्रदेश सरकारले धेरै काम गरेको बताउनुभयो । कोभिडले केही समय पर्यटन क्षेत्र समस्यामा परेको भए पनि अब विस्तारै पर्यटन क्षेत्र उठ्ने उहाँले प्रष्ट पार्नुभयो ।

संविधानले गरेको सरकारको कामका सूचीमा अझै पनि अस्पष्टाता भएकोले त्यसलाई सच्याउनु पर्ने उहाँको धारणा छ । संघ, प्रदेश र स्थानीय तह कसले कुन काम गर्ने हो त्यसको स्पष्ट व्यवस्था गर्नु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई राजनीतिक रुपले सचेत र संवैधान रुपमा प्रदेश सभा र प्रतिनिधि सभा सञ्चालनको प्रक्रयाको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यो कार्यक्रम युवा परिषदको नियमित कार्यक्रम भएको पनि उहाँले जानकारी दिनुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !