३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार ०६:२३


काठमाडाैं । देशका केही ठाउँमा आज ठूलाे पानी पर्ने सम्भावना रहेकाे छ ।

आज प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा  ठूलाे पानी पर्ने सम्भावना रहेकाे जल तथ माैस विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार मनसुनी  वायुको प्रभावका कारण देशभर मौसम बदली छ । अहिले प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम पानी परिरहेको छ ।

बुधबार दिउँसो देशका अधिकांश भूभागमा मौसम बदली रहने महाशाखाले जनाएकाे छ । प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश ठाउँमा तथा सुदूरपश्चिम  प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२,  वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलाे पानी पर्ने सम्भावना छ । प्रदेश-१ का एक वा दुई ठाउँमा अति ठूलाे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि देशका अधिकांश भूभागमा मौसम बदली रही प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलाे पानी पर्ने सम्भावना छ । प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई ठाउँमा अझ ठूलाे पानी पर्ने सम्भावना छ ।

ठूलाे पानी पर्ने सम्भावना रहेका प्रदेशका पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा बाढी र डुबानको खतरा रहेकाले सतर्कता अउनाउन महाशाखाले आग्रह गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !