२२ आश्विन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले विवाद सहमति उन्मुख, भोलिसम्म टुंगो लाग्ने

प्रकाशित मिति :  २३ असार २०७८, बुधबार ०९:२२


काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलकाे बैठक सकिएकाे छ ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठक निष्कर्ष उन्मुख रहेकाे जानकारी दिनुभयाे । विवाद समाधानउन्मुख रहेको बताउँदै उहाँले भन्नुभयाे – ‘छलफल सकरात्मक भएकाे छ, भाेलिसम्म टुंग्याउनेगरी लाग्छाैं, अहिलेसम्मकाे छलफलकाे प्रगति हेर्दा भाेलिसम्म टुंगिने सम्भावना छ ।’

अहिलेसम्म कार्यदलका नेताहरुसँग परामर्श गर्ने र भावना बुझ्ने काम भएकाे पनि उहाँले बताउनुभयाे । प्रवक्ता ज्ञवालीका अनुसार सहमतिका आधार तय गर्नेबारे भाेलिसम्म छिनाेफानाे हुनेछ ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रुपमा सहमतिमा परिणत गर्न कार्यदल  सक्रिय भएकाे हाे । यसअघि मंगलबार बसेकाे बैठकमा विषय केन्द्रित छलफल भएकाे थियाे । मंगलबारकाे बैठक सकारात्मक रहेकाे बैठकपछि नेताहरुले बताएका थिए । साेमबार पनि कार्यदलकाे बैठक बसेकाे थियाे ।

अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा संस्थापनबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र  विष्णुप्रसाद रिमाल हुनुहुन्छ । माधवकुमार नेपाल गुटबाट डा.भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !